दफा
मुनाफा गर्ने प्रतिष्ठानले बोनस बाँड्नु पर्ने
 (१) मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खूद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम कुनै प्रतिष्ठानले कुनै एक अर्थिक वर्षमा गरेको खूद मुनाफा निर्धारण गर्दा आयकर ऐन, २०३१ को दफा १२ बमोजिम कायम हुन आउने खूद आयबाट देहायको रकम समेत कट्टा गर्नु पर्छ:-
(क) …………..
(ख) … … …
(ग) दफा ११ को उपदफा (३) बमोजिम बढी वितरण भए जति बोनसको रकम ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले प्रत्येक आर्थिक बर्षमा गरेको खुद मुनाफाबाट छुट्याउनु पर्ने बोनसको प्रतिशत तोकिए बमोजिम हुनेछ ।
(३क) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाफा कमाउने उद्देश्य नलिई कुनै क्षेत्रको सम्बद्र्धनको लागि स्थापना भएको नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वितरण गर्न पाउने छैन ।
(३ख) उपदफा (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले देहायको अवस्थामा मात्र बोनस वितरण गर्न पाउनेछ :–
(क) प्रोद्भावी आधार (एक्रुअल बेसिस) मा खर्च लेखिएको रकम अर्को आर्थिक बर्षभित्रमा तिरिसकेको हुनुपर्ने,
(ख) हरेक आर्थिक बर्षको सम्भावित दायित्व (कन्टिन्जेन्ट लायबिलिटिज) वापतको रकम यकिन गर्ने र त्यसरी यकिन हुन आएको रकम छुट्टै कोष खडा गरी जम्मा गरेको हुनुपर्ने,
(ग) नेपाल सरकारसँग वा नेपाल सरकार जमानत बसी कुनै ऋण लिएको भए त्यस्तो ऋण रकम ऋण लिँदाको बखत गरेको तमसुकमा उल्लिखित भुक्तानी तालिका बमोजिम चुक्ता गरिसकेको हुनुपर्ने ।
(३ग) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावलीमा उल्लेख भएका कुरा बाहेक बोनस बितरण सम्बन्धी अन्य कुरा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।
(४) … … …